शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

सोमबार, २८ चैत २०७८, १९ : ४६
सोमबार, २८ चैत २०७८

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।

खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।

नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो ।

आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप