सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनर सीप सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । बैंकको कार्ड प्रयोग कर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९ अभियानमा आजदेखि सिमित समयको लागी डेबिड कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,०००।– सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो कार्ड माई–कमर्स सक्रिय गर्नुपर्ने छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना