मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनर सीप सम्झौता

सोमबार, २८ चैत २०७८, १९ : १२
सोमबार, २८ चैत २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।  बैंकको कार्ड प्रयोग कर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९ अभियानमा आजदेखि सिमित समयको लागी डेबिड कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,०००।– सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो कार्ड माई–कमर्स सक्रिय गर्नुपर्ने छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुरोध गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप