बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा भरतपुरमा

सोमबार, २८ चैत २०७८, १९ : ०२
सोमबार, २८ चैत २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भरतपुर म.न.पा. वडा नं.१६, विजयनगर, चितवनमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो ।

विजयनगर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ । शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैङ्किङ् सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप