शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

सोमबार, २८ चैत २०७८, १८ : ४४
सोमबार, २८ चैत २०७८

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । 

यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र रु। ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप