पेट्रोलियम खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा, सातामा दुई दिन सार्वजनिक बिदा
पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ । सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित सरकारले सातामा दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।
कोभिड महामारी साम्य बनेयता र रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.८९ अमेरिकी डलर छ । यस्तै, हाल नेपालमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १४३ रुपैयाँ छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अनियन्त्रित गतिमा बढ्दा नेपालको भुक्तानी सन्तुलन नै समस्यामा परेको छ । बढेको मूल्यमा तेल किनेर घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग यतिबेला तेल किन्ने रकम समेत छैन । पछिल्लो समय निगमलाई तेल किन्न सरकारले रकम दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण