अब वैदेशिक रोजगारीमा गएकाहरुले सिधै आईपीओ–एफपीओमा लगानी गर्न पाउने
बैदेशिक रोजगारीमा गएकाहरुले अब सिधै आईपी तथा एफपीओमा लगानी गर्न पाउने भएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि अब सहज रुपमा नेपालमा प्राथमिक सेयर (आईपीओ) तथा राइट सेयर (एफपीओ) मा लगानी गर्न मिल्ने गरी कोटा छुट्याउने व्यवस्था गरिने बताएका हुन् ।
सोही अवसरमा अर्थमन्त्री शर्माले रेमिट्यान्सलाई आकर्षण गर्ने गरी छुट्दै श्रमिक कोष खडा गरिने र सो कोषमा योगदान गर्नेलाई विशेष इन्सेटिभ्सको व्यवस्था गरिने समेत जानकारी दिए । पछिल्लो समय श्रमका लागि विदेशी नेपालीहरुको संख्यामा उल्लेखनीय वृद्धि भएपनि यता रेमिट्यान्स आयातमा भने खासै सुधार हुन सकिरहेको छैन । जसको प्रभाव प्रत्यक्ष रुपमा विदेशी मुद्रा सञ्चितिमा समेत पर्न थालेपछि सरकारले रेमिट्यान्सको स्रोतमा सुधार ल्याउन यस्तो रणनीति अवलम्वन गर्न लागेको हो ।
साथै, पछिल्लो समय रुस–युक्रेन बढ्दो तनावका बीच उच्चदरमा बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण विदेशी मुद्रामा परेको चापलाई समेत नियन्त्रण गर्ने गरी सरकारले पेट्रोलियम पदार्थको अनावश्यक खपत र बोर्ड निकासीलाई समेत नियन्त्रण गर्ने जनाएको छ । यस्तो खर्च आगामी निर्वाचनमा समेत कम गर्ने नीति सरकारले लिएको अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण