आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तरलता सुधारको संकेत देखियो, सातामै तीन अर्बले बढ्यो

सोमबार, २८ चैत २०७८, १७ : ४१
सोमबार, २८ चैत २०७८

पछिल्लो साता बैंकहरुको तरलता (लगानीयोग्य पुँजी) वृद्धि भएको छ । चैत १८ गतेदेखि २५ गतेसम्मको अवधिमा २७ वटा वाणिज्य बैंकहरुले तीन अर्बले निक्षेप वृद्धि गर्दै कुल ४३ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । 
यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् चैत ११ गतेदेखि १८ गतेसम्म बैंकहरुले एक अर्बले बढाउँदै कुल ४३ खर्ब ३१ अर्ब संकलन गरेका थिए । तर, पछिल्लो हप्ता तीन अर्बले निक्षेप बढ्दै गर्दा तरलता वृद्धिको केही शुभ संकेत देखा परेको हो । 
यस्तै, समीक्षा अवधिमा २७ वटै वाणिज्य बैंकहरुले कर्जा लगानी २ अर्बले बढाउँदै कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ गरेको बैंकर्स संघले जनाएको छ । यस्तो कर्जा अघिल्लो हप्ता अर्थात् चैत ११ गतेदेखि १८ गतेसम्म वाणिज्य बैंकहरुले अधिकतम ५ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ७५ अर्ब गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप