नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड
सोमबार, २८ चैत २०७८, १७ : २७

दहचोक–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्। खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड गरेका हुन् ।
दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाजसेवी भाइकृष्ण तामाङले बताए ।
आक्रोशित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झ्यालका सिसाहरूमा फुटेका छन् । आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको वडा नम्बर १ का अध्यक्ष गोपी सुर्खेतीले बताए ।
आन्दोलनकारीले कार्यालयको सिसा तोडफोड गरेपछि महानगरीय प्रहरी वृत्तको टोली परिचालन गरिएको छ ।