आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

सोमबार, २८ चैत २०७८, १६ : ३८
सोमबार, २८ चैत २०७८

राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।  दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । 

मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।  बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् । 

उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप