एकीकृत समाजवादी पार्टीलाई आयोगले सोध्यो स्पष्टीकरण
सोमबार, २८ चैत २०७८, १६ : २४

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र
-
वैशाखमा ४ हजार ५ सय सवारी साधन दुर्घटना, २४५ जनाको मृत्यु
-
अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति
-
खानेपानी आयोजना अब संघले हेर्ने होइन, प्रदेशलाई दिनुपर्छ