बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले भेरीले टुङ्गो लगायो उम्मेदवार

सोमबार, २८ चैत २०७८, १६ : ३३
सोमबार, २८ चैत २०७८

नेकपा एमाले भेरी नगर कमिटीले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरू टुङ्गो लगाएको छ ।  सत्ता गठबन्धन दललाई उम्मेदवारको टुङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालेले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसम्मत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।

सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निष्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए । जाजरकोटमा सात वटा स्थानीय तह छन् । भेरीमा कांग्रेस, माओवादी र नेकपा एसको दावी रहेको छ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै छ ।

सत्तारुढ दलहरू प्रचारप्रसारमा समेत सुस्त देखिएका छन् । नेकपा एमालेले भने छलफललाई समेत तीव्रता दिएको छ ।  सुरुमा आरोप प्रतिआरोपमा उत्रिएका माओवादी केन्द्र र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन् । केन्द्रीय स्तरमा नेताहरूको घरदैलो धाउन समेत थालेका छन् ।  

माओवादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले पनि त्यही संख्या मागेको छ । नेकपा एसले दुई पालिकामा मागेको छ । २०७४ सालमा माओवादीले दुई, कांग्रेसले दुई स्थानीय तह जितेका थिए । नेकपा एमालेले दुइ नगरपालिका सहित एक गाउँपालिकामा जित हात पारेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप