आयोगले वैशाख १ बाट दैनिक बुलेटिन प्रकाशन गर्ने
सोमबार, २८ चैत २०७८, १६ : २२
निर्वाचन आयोगले चैत २९ देखि बैशाख ३ सम्म सातै प्रदेशमा ७०८ स्थानमा खटिने निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालय प्रमुखका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम पौडेलले पाँच दिन अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।
तालिमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति र प्रमाणपत्र समेत दिने कार्यक्रम रहेको आयोगले जनाएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले बैशाख १ गतेबाट हरेक दिन बुलेटिन प्रकाशन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण