शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

सोमबार, २८ चैत २०७८, १६ : २२
सोमबार, २८ चैत २०७८

लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला  रहेका छन् । तीमध्ये उक्त सङ्ख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने,  सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् । 

प्रतिव्यक्ति ५७७ का दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाका रोजगार उनको भनाइ छ । यस कार्यक्रमका लागि कूल बजेट दुई करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप