बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

शाओमी १२ र १२एक्स नेपाली बजारमा

सोमबार, २८ चैत २०७८, १६ : १६
सोमबार, २८ चैत २०७८

शाओमीले आफ्नो  फ्ल्याग्शिप फोन शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ । कम्पनीले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “शाओमीमा  हामी नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोत्ताको लागि सधैँ टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरू ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरूले दुवै फोनलाई मन पराइदिनुहुनेछ ।”

शाओमी १२ र शाओमी १२एक्स बाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । फोनमा प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० मगेगापिक्सलको प्रमुख क्यामेरा छन् जसले डप् रेकर्डिङ क्षमता प्रदान गर्दछ। शाओमी १२ र शाओमी १२एक्स मा १३ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामेरा, ५ मेगा पिक्सलको टेलिम्याक्रो क्यामेरा रहेको छ ।

शाओमी १२ र शाओमी १२एक्स दुवै आँखा र अनुहार स्वतस् फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरू छन् ।

दुवै फोनमा क्वालकम स्न्यापड्रागन प्रोसेसर रहेको छ । यसमा भएको ४ एनएमको प्रोसेसरले ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३०५ सम्म बढाउनुको साथै पहिलाको फोनको तुलनामा यसमा २५५ बढी  ब्याट्री टिक्ने कम्पनीको भनाइ छ। दुवै फोनमा ६।२८(इन्च फुल(एचडी प्लस डिस्प्ले रहेको छ भने यसमा डल्बी एट्मस पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ ।

दुवै फोनले छिटो पावर(अपको लागि टठध् वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । शाओमी १२ को मूल्य रु ९२ हजार ९९९ र शाओमी १२एक्स को मूल्य रु ७६,९९९ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप