शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षमा १० जनाको नाम सिफारिस

सोमबार, २८ चैत २०७८, १५ : ५२
सोमबार, २८ चैत २०७८

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा १० जना सिफारिस भएका छन् । काँग्रेस सूर्यगढी गाउँपालिकाको बैठकले शंकर बहादुर प्याकुरेलसहित कुमार गुरुङ, शिव अधिकारी, मञ्जु बुढाथोकीको नाम सिफारिस भएको छ ।

यस्तै सन्तबहादुर घले, रामजी प्रसाद पौडेल, सुमन गिरी, भेषराज ढकाल र राजु अधिकारीको नाम पनि सिफारिस भएको छ । सिफारिस भएकामध्ये कुमार गुरुङ र वर्तमान अध्यक्ष सन्तबहादुर घलेले टिकट पाउने सम्भावना बढी रहेको स्थानीय एक नेताले बताए । 

यस्तै उपाध्यक्षमा नारायणी भट्टराई, मेनुका भट्टराई, निशा अधिकारी, मञ्जु घिमिरे र ईश्वरी गिरी सिफारिस भएका छन् । यसअघि सो गाउँपालिका काँग्रेस विजयी भएकाले गठबन्धन भएपनि काँग्रेसले नै पाउने निष्कर्षका साथ सिफारिस गरिएको बताइएको छ । सिफारिस भएका उम्मेदवार मध्येबाट एक जना मेयर र उपमेयरको उम्मेदवार माथिल्ला कमिटीले तय गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप