शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

सोमबार, २८ चैत २०७८, १५ : ४१
सोमबार, २८ चैत २०७८

स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् ।  एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्यरराज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो । 

यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।   

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएका छन् । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् । स्वास्थ्य बीमा बोर्डको डिजिटलाइजेसन यस कदमलाई बोर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पु¥याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ । 

बीमितहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी बैंक खाताबाटै भुक्तानी गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप