शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीको रुपामा एमालेका ३ वडाअध्यक्ष सर्वसम्मत सिफारिस

सोमबार, २८ चैत २०७८, १५ : २१
सोमबार, २८ चैत २०७८

स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी सुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस सुरू गरेको हो ।

एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् ।

यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो । अध्यक्षसहित सदस्यहरूको नाम समेत सिफारिस भएको बताइएको छ । बाँकी वडाहरूमा आजै साँझसम्म आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ ।

 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप