बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४४ अंकको पहिरो, कारोबार सवा २ अर्बमात्रै

सोमबार, २८ चैत २०७८, १५ : १४
सोमबार, २८ चैत २०७८

साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.६४ अंकले घटेको छ । २४१९.७१ बिन्दुमा झरेको बजारमा आज ५० लाख ९५ हजार ३४ कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२ रुपैयाँमा कारोबार भएको छ । 

नेप्सेको सबै समूहका उपसूचक नकारात्मक देखिएका छन् । जीवनबीमा र अन्य समूहको शेयर मूल्यमा सबैभन्दा धेरै प्रतिशत गिरावट भएको छ । इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले प्रतिकित्ता शेयरमा आज ९.९८ प्रतिशत अर्थात् १११ रुपैयाँ गुमाएका छन् । यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि ९.९२ प्रतिशत अर्थात १५१ रुपैयाँ ९० पैसा गुमाएका छन् । 

आज नेष्डो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने सबैभन्दा धेरै कमाएका छन् । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्तामा १७० रुपैयाँ बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि आज पूँजीबजारबाट ९.९९ प्रतिशत थप कमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप