शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा समस्या छ, सचेत नबने खराब स्थिति आउन सक्छ : अध्यक्ष गोल्छा

सोमबार, २८ चैत २०७८, १४ : ५८
सोमबार, २८ चैत २०७८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । महासंघको ५६ औं वार्षिक उत्सवमा बोल्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका हुन् ।

‘समयमै यसलाई समाधान गर्नुपर्छ । सचेत नबने हाम्रो स्थिति खराब बन्नसक्छ,’ उनले भने, ‘नेपालको नेपाल अर्थतन्त्र श्रीलंकाजस्तो नबन्ने तर खराब अवस्थामा पुग्न सक्छ ।’

उनले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो गरे । ‘हामी पनि यही मुलुकका नागरिक हौं । अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत लगानी छ,’ उनले भने, ‘हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं ।’

चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्रमा चिन्ता नथपे पनि पछिल्लो ८ र ९ महिनाको तथ्याङ्कले चिन्ता बढाइदिएको उनको भनाइ छ । ‘नेपाल श्रीलंका जस्तै हुन लागेकाले यस्ता कदम आइरहेका हुन कि भन्ने बुझाइ विकास भएको छ,’ उनले थपे, ‘तर अहिलेदेखि नै चनाखो नभए खराब स्थितिमा अवस्य पुग्छौं ।’

नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा स्तरोन्नती हुँदैछ । तर, यसले अन्तर्राष्ट्रिय व्यापार युरोप, अमेरिका लगायतका मुलुकमा हुने नेपालको निर्यात प्रभावित बन्ने छ । यसबाट नेपालमा सञ्चालित साना तथा मझौला उद्योगी पनि प्रभावित बन्नेछन् ।

सोहीकारण, विकासशील राष्ट्रमा स्तरोन्नती हुँदा नेपालले वैदेशिक व्यापारको विकल्पमा समेत सोच्नुपर्ने उनको भनाइ छ । विकासशील राष्ट्रमा स्तरोन्नतिबाट सबैभन्दा बढी प्रभावित निजी क्षेत्र बन्ने भएकाले सरकारले आवश्यक सहयोग गर्नुपर्ने समेत गोल्छाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप