रौतहटमा भारतिय मलखादसहितको ट्रक नियन्त्रणमा
![रौतहटमा भारतिय मलखादसहितको ट्रक नियन्त्रणमा](https://rpcdn.ratopati.com/media/albums/arrested_8eM11Z7YCl.jpg)
रौतहटमा प्रहरीले भारतिय मलखाद र विषादी औषधिसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट ठूलो परिमाणमा अवैधरूपमा मलखाद तथा विषादी औषधि भित्र्याएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहको कमान्डमा गएको टोलीले उक्त ट्रक नियन्त्रणमा ल्याएको हो ।
कटहरिया नगरपालिका छेदिचौक बजार छेउबाट नियन्त्रणमा लिएको प्रदेश २ ००३-००१ ख ३७४९ नम्बरको ट्रकमा १४० बोरा भारतिय डिएपी मलखाद र ८ कार्टुन विषादी औषधि बरामद भएको डिएसपी सिंहले बताए । अनुसन्धानको क्रममा उक्त मलखाद र विषादी औषधि अवैधरूपमा भित्रिएको देखिएपछि ट्रक चालक चन्द्रपुर ६ का दिपक चालिसेलाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला भन्सार कार्यालय गौर पठाएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बरामद मलखाद, विषादी औषधि कटहरिया ५ स्थित मनोज बिज भण्डारको रहेको प्रहरी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती