आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकार ढलेपछि इमरान खानका समर्थकमाथि कारवाही

सोमबार, २८ चैत २०७८, १४ : ०३
सोमबार, २८ चैत २०७८

पाकिस्तानमा सरकार ढलेपछि अब पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगीमाथि कारवाही सुरु भएको छ ।

इमरान खानका पूर्व सल्लाहकार र मुख्य सचिवलगायतका अधिकारीको नाम स्टप लिस्टमा राखिएको छ । यसैकारण उनीहरुलाई देश छोडेर जान अनुमति हुने छैन ।

 पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले खानका विशेष सहयोगी भइसकेका शाहबाज गुल र शहजाद अकबरको नाम पनि स्टप लिस्टमा समावेश गरेको छ ।

यसबाहेक पूर्व मुख्य सचिव आजम खान, अर्सलान खालिद र डाक्टर रिजवानको नाम पनि नो–फ्लाई सूचीमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप