बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेलिकप्टर प्रयोग गरी पर्यटकको  उद्वार

सोमबार, २८ चैत २०७८, १३ : ४१
सोमबार, २८ चैत २०७८

हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२   इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको  हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको  हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ ।

आइतबार उच्च भागमा दिनभर  प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई  स्थानीय होटल व्यवसायी समेतको सहयोगमा  साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको  बताइएको छ ।उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए ।

दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ । हिमाली पदयात्राका क्रममा कुनै  पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा  स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी  एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप