आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

सोमबार, २८ चैत २०७८, १३ : २९
सोमबार, २८ चैत २०७८

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।

एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।

पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’

अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।

परागले दिएको जानकारी अनुसार ट्वीटरले एलन मस्कलाई कम्पनीको बोर्डको सदस्य बन्न प्रस्ताव दिइएको थियो । यसबारे उनले भने, ‘बोर्ड सदस्य भए पनि नभएपनि हामी सधैँ आफ्नो हिस्सेदारको सर–सल्लाहको सम्मान गर्छौँ । एलन मस्क हाम्रा सबैभन्दा ठूला शेयरधारक हुन् र हामी सधैँ उनको विचार–धारणाको स्वागत गर्छौँ ।’

एलन मस्कसँग ट्वीटर फाउन्डर ज्याक डोर्सीको हिस्सेदारी (२.२५ प्रतिशत) भन्दा चार गुणाभन्दा बढी सेयर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप