मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसले बढाएको गहुँको निर्यात कर इतिहासकै उच्च

सोमबार, २८ चैत २०७८, ११ : ४४
सोमबार, २८ चैत २०७८

रुसले अप्रिल १३ देखि १९ सम्म गहुँको निर्यात करप्रति टन १०१.४ डलरले वृद्धि गरेको देशको कृषि मन्त्रालयले जनाएको छ । रुसले गहुँको निर्यात भन्सार १०० डलरमाथि पुर्याएको यो पहिलो पटक हो । यो शुल्क लगातार ४ सातासम्म वृद्धि भएको हो । यो भन्दा पहिले ९ सातासम्म कर घटेको थियो ।

मन्त्रालयले जौको निर्यात करपनि ७५.४ डलरमा पुर्याएको छ भने मकैमा ७०.६ डलर प्रति टन पुर्याएको  छ । रसियन ग्रेन युनियनका उपाध्यक्ष अलेक्जेन्डर कोरबुटका अनुसार रुसी अन्न निर्यातमा लगाइने भन्सार आगामी दिनमा थप बढ्ने छ ।

‘यी अन्नमा लगाइने भन्सार कर भू–राजनीतिक खतरा र अमेरिकाका हिउँदे बालीका राज्यहरुमा प्रतिकूल अवस्थाका कारण बढेका हुन् । अवस्थामा  हाल सुधार आएपनि र मूल्य क्रमिक रुपमा ओरालो लागेपनि क्रान्तिकारी रुपमा ओरालो लाग्ने सम्भावना भने छैन । हामीले निर्यात मूल्य प्रति टन ४०० डलर पुग्ने अनुमान गरेका छौँ । त्यसैले यो बिलकुल प्राकृतिक हो र भन्सार  शुल्क हालको भन्दा ठूलो परिमाणमा उच्च हुने छ,’ उनले बताएको इन्टर फ्याक्स समाचार संस्थाले जनाएको छ ।

युक्रेनमाथि रुसको लगातारको सैन्य संचालकले अन्नको आपूर्तिमा सम्भावित रुपमा अवरोध आउन सक्ने आङ्कलनका बीच गहुँको मूल्य गत महिना बहु वर्षकै उच्च अवस्थामा पुुगेको थियो । दुवै मुलुकहरु गहुँको आयातमा विश्वकै ठूला मध्येमा पर्छन् । यी दुुई मुलुकले मात्रै विश्वव्यापी निर्यातको ३० प्रतिशत हिस्सा ओगट्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप