बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रुस आफ्नो गल्ती स्वीकार्न डराइरहेको छ : भोलोदिमिर जेलेन्स्की

सोमबार, २८ चैत २०७८, ११ : २६
सोमबार, २८ चैत २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले राति अबेर फेसबुकको माध्यमबाट देशका जनतालाई रुस विरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । उनले रुसी बलले यातना दिएको बताउँदै कायरताको आरोप पनि लगाएका छन् ।
उनले भने,‘उनीहरुले हाम्रो बिरुद्धमा पहिले भन्दा पनि धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्छन् र थप हवाई हमला पनि गर्न सक्छन् । तर हामी यसका लागि तयारी गरिरहेका छौँ ।’

युक्रेनमा भइरहेको ठूलो संख्याका मानिसको मृत्युका लागि  रुसले किभलाई जिम्मेवार ठहराएको भन्दै उनले यो मस्कोको कमजोरी भएको  बताएका छन् । उनले भने,‘रुसले बुुचामा भएको हत्या आफूले नगरेको भई किभलेनै गरेको बताउँदै आएको छ । तपाईलाई थाहा छ यस्तो किन भन्दैछ ? किनकी यो कायरता हो ।’

युक्रेनको विषयमा रुसी नीति नै गलत भएको बताउँदै उनले यसलाई स्वीकार गर्नबाट रुस डराइरहेको बताएका छन् ।  आफ्नो अवास्तविक महत्वाकांक्षा पुरा गर्नका लागि उनीहरुले युद्ध सुरु गरेको पनि जेलेन्स्की​ उनले भने,‘यो सबै कायरता हो । जब कायरता बढ्छ तब त्यो विनाशमा बदलिन्छ । जब मानिसमा आफ्नो गल्तीको स्वीकार गर्ने, माफी माग्ने, वास्तविकताको अनुकूल हुने, सिक्ने साहस हुँदैन, तब उ राक्षस बन्न जान्छ । जब विश्वले यसलाई बेवास्ता गर्छ तब  राक्षस विश्वले आफ्नो अनुकुल बनाउन थाल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप