बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

युद्धमा फसेको युक्रेन : अर्थतन्त्रमा ठूलो धक्का

सोमबार, २८ चैत २०७८, ११ : २०
सोमबार, २८ चैत २०७८

रसियासँगको युद्धका कारण युक्रेनको अर्थव्यवस्था यो वर्ष ४५ प्रतिशतसम्म घट्ने अनुमान विश्व बैंकले गरेको छ । युक्रेनमा युद्धको नकारात्मक असर कोरोना महामारीको अवधिमा पूर्वी युरोप र मध्य एशियामा देखिएको प्रभावभन्दा पनि बढी हुने विश्व बैंकको दाबी छ ।

त्यस्तै युद्धको असर रुसमा समेत पर्ने विश्व बैंकले जनाएको छ । एकपछि अर्को प्रतिबन्धबाट रुसको अर्थव्यवस्थामा पनि मन्दी आउने विश्व बैंकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

युद्धका कारण युक्रेनको अधिकांश जनता देश छोडेर छिमेकी मुलुकहरुमा शरण लिन बाध्य भएका छन् ।    दुई देशबीचको युद्धका कारण व्यवसाय बन्द भएका छन् भने सडक, कारखाना र मुख्य भवन रुसी सेनाको हमलाबाट ध्वस्त भएका छन् । 

युद्धका कारण युक्रेन कयौं वर्षपछि धकेलिएको विश्व बैंकले जनाएको छ । युक्रेन सूर्यमुखी तेल र गहुँ उत्पादक देश हो । तर युद्धका कारण निर्यात रोकिनाले विश्वभर यसको मूल्य बढेको छ र अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप