आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा गठबन्धन बैठक : तालमेलको मोडलमा छलफल

आइतबार, २७ चैत २०७८, १२ : १४
आइतबार, २७ चैत २०७८

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ ।  बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । 
५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन । 

यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरेर जान दलहरु तयार भएपनि कतिपय स्थानमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच समान बुझाई नभएपछि शीर्ष नेताले संयुक्त अपिल जारी गर्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप