शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोराको निधन भएको दुई महिनापछि अभिनेता शिव कुमार रहेनन्

सोमबार, २८ चैत २०७८, १० : ४५
सोमबार, २८ चैत २०७८

बलिउड अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । शिव कुमारको बलिउडमा विशेष पहिचान छ ।

दिवंगत शिव कुमार केही समयअघि फिल्म ‘मिनाक्षी सुन्दरेश्वर’ मा देखिएका थिए । यो फिल्ममा उनको अभिनय र पात्रलाई असाध्यै रुचाइएको थियो । अभिनेताको अचानकको निधनको कारण के हो त्यसबारे स्पष्ट जानकारी प्राप्त छैन ।

२ महिना अघि भएको थियो छोराको निधनः

सबैभन्दा दुःखको कुरा के हो भने शिव कुमार सुब्रमण्यमले दुई महिना अघि आफ्नो छोरा गुमाएका थिए । उनको छोरालाई ब्रेन ट्युमर भएको थियो । छोराको निधन भएको दुई महिना पछि शिव कुमार पनि यो संसारबाट बिदा भए । फिल्म निर्माता हंसल मेहता र अशोक पंडितले पनि शिव कुमार सब्रमण्यमको निधनमाथि दुःख जताएका छन् ।

आलिया भट्टको फिल्ममा गरिसकेका छन् कामः

अभिनेता शिव कुमार आलिया भट्टको फिल्म टु स्टेट्समा देखिएका थिए । यसबाहेक उनी तीन पत्ती, रानी मुखर्जीको फिल्म हिचकीमा पनि देखिएका थिए । उनले सिरियल मुक्ति बन्धनमा पनि काम गरिसकेका छन् । एक अभिनेता हुनुका साथै उनी फिल्म परिंदा, १९४२ ए अभ स्टोरी र हजारों ख्वाहिशेंजस्त फिल्मका लागि स्क्रिनप्ले राइटर पनि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप