बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन गर्ने बिषयको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

आइतबार, २७ चैत २०७८, १२ : १४
आइतबार, २७ चैत २०७८

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय  तह  निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका  शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने  भएको छ  । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय  तहमा रहेको पछिल्लो  अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको  प्रतिवेदन सोमबार शीर्ष  नेतृत्वलाई  बुझाउने  भएको हो ।

आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री  निवास  बालुवाटारमा  बसेको  बैठकले  देशभरका  स्थानीय  तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो । 

गठबन्धनमा आवद्ध दलहरु काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप