गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसायो : शंकर पोखरेल
![गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसायो : शंकर पोखरेल](https://rpcdn.ratopati.com/media/albums/Shankar-Pokharel-1_gsvM78FYhT_1Ib2aY5t6H.jpg)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् ।
उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरुकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’
उनले भूकम्पले थिलथिलो बनाएको देशलाई एमालेले उठाएर जनताका मुर्झाएका सपना जगाएको जिकिर समेत गरेका छन् । उनले भनेका छन्, नेकपा (एमाले) ले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
-
अब हेटौँडा पनि बालमैत्री नगर
-
शंखरापुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै
-
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
-
विभिन्न स्थानमा आगलागीमा तीन जनाको मृत्यु
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?