सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसायो : शंकर पोखरेल

सोमबार, २८ चैत २०७८, १० : ०३
सोमबार, २८ चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् । 

उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरुकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’ 

 

उनले भूकम्पले थिलथिलो बनाएको देशलाई एमालेले उठाएर जनताका मुर्झाएका सपना जगाएको जिकिर समेत गरेका छन् । उनले भनेका छन्, नेकपा (एमाले) ले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप