शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा माओवादी केन्द्रद्वारा आन्तरिक प्रतिवेदन तयार

सोमबार, २८ चैत २०७८, १० : ०३
सोमबार, २८ चैत २०७८

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकले  गत स्थानीय तहको निर्वाचन  र अहिले आफ्नो पार्टीको अवस्था, गठबन्धन दल र नेकपा एमालेको  स्थानीय तह गतको अवस्था बारे समीक्षा गरी आन्तरिक प्रतिवेदन तयार गरेको छ ।  

हिजो साँझ सो पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालद्वारा हस्ताक्षरित  प्रतिवेदनमा लुम्बिनी प्रदेशका १२ वटै स्थानीय तहमा माओवादी केन्द्रले एक्लै जित्न सक्ने पालिका, गठबन्धन गरेर जित्न सक्ने पालिकाहरूको नाम समेत  उल्लेख गरेको छ । उनले भने, ‘त्यसमा उल्लेख भएका पालिकाहरू गन्नुहोस् हामीले करिब ३० वटा पालिका जित्ने आङ्कलन गरेका छौँ ।’ अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रले १९ वटा पालिका जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप