मोदी र बाइडेनबीच वार्ता हुँदै, रुस र युक्रेन युद्ध प्रमुख मुद्दा

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने भएको छ । गत महिना मात्रै चार नेताको बैठकमा दुई नेताबीच भेटवार्ता भएको थियो । यो बैठक २ प्लस २ मन्त्रीस्तरीय वार्ता अघि बस्न लागेको हो भारतको परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्नेछ ।
दुई नेताबीच दक्षिण एसियाका पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ । दुई नेताबीच कोरोना महामारी, जलवायु संकट, विश्वव्यापी अर्थतन्त्र र लोकतन्त्रको सुरक्षाको वार्ता हुन सक्छ ।
सबैभन्दा ठूलो मुद्दा : रूस र युक्रेन युद्ध
ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । ह्वाइट हाउसले रुसको युद्धको बारेमा मोदीसँग छलफल गरिने जनाएको छ । यसका साथै यस युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।
रुस र युक्रेनबीच भारतको अडानप्रति अमेरिकाले पहिले नै आपत्ति जनाएको छ । अमेरिका भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने चाहन्छ । भारतले रुससँग तेलको व्यापार जारी राखेको छ जसले गर्दा अमेरिका असन्तुष्ट छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा मूल्य चुकाउनु पर्ने अमेरिकाले चेतावनी दिएको छ । यसैबीच अमेरिकाले भारतलाई हतियार दिने प्रस्ताव गरेको छ । रुसबाट हतियारमाथिको निर्भरता घटाउनुपर्ने सर्त पनि राखिएको छ ।
दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु