
दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन माग (सूचना)

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पद (१ जना) मा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।
सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सिफारिस समितिको सचिवालयमा सिलबन्दी आवेदन दिनका भनिएको छ । आवेदन दिनका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको, सम्बन्धित क्षेत्रमा काम गरिरहेको र ३५ वर्ष पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ