श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी
सोमबार, २८ चैत २०७८, ०८ : ०२
कैलालीको मोहन्यालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् । चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।
मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता बेदराज जोशीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ