नेपालको टी–ट्वान्टी वरीयतामा सुधार, एसोसियटको शीर्षस्थानमा
नेपाली राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सुधार गरेको छ । नेपाली टोली टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता नेपाल एसोसियटको शीर्ष स्थान ओगटेको छ । नयाँ वरीयतामा अनुसार नेपाल १२औं स्थानमा उक्लेको छ ।
नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । आयरल्याण्ड १५ औं स्थानमा छ । नेपाल एसोसियटको शीर्ष वरीयतामा दोस्रो पटक अटाएको हो । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा मात्र पराजित भएको छ ।
नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । एक खेलमा पराजित हुँदा नेपाल विश्वकप खेल्ने मौकाबाट चुकेको थियो ।
त्यसपछि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल