मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

लोसपाद्वारा जनकपुरधामको मेयर र उपमेयरमा ५/५ जनाको नाम सिफारिस

आइतबार, २७ चैत २०७८, २१ : ३६
आइतबार, २७ चैत २०७८

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मेयर र उपमेयरका लागि ५/५ जनाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ। 

आइतबार लोसपा नेपाल धनुषाको नगर समितिको बैठकबाट मेयर पदका लागि लोसपाका नगर सभापति मनोज कुमार चौधरी, मधेश प्रदेशका प्रदेश सांसद परमेश्वर साह, संजय चौधरी, अमर पँजियार र जानकीराम साहको नाम सिफारिस गरिएको हो । 

त्यसैगरी उपमेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको लोसपा नगर सभापति मनोजकुमार चौधरीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप