शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा र आकाश फेरिसँगै

आइतबार, २७ चैत २०७८, २० : ३६
आइतबार, २७ चैत २०७८

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । दार्जिलिङका रमणीय स्थान छायांकन भएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द तथा संगीत पनि निर्देशक निमेषकै हो । 

०७९ को जेठ ६ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन्, भने निर्मातामा रेबिका प्रधान हुन् । फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको अभिनय देख्न सकिन्छ । कार्यक्रममा निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । उनले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी गरे ।

फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई कन्फर्ट लाग्ने बताउदै दर्शकले आफूहरुलाई यो फिल्ममा पुनः एकपटकसँंगै देख्न पाउने बताइन् । ‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्म प्रति निकै मोह छ’ उनले भनिन् । 

अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा निर्माता रेबिकाले आफूहरुले निकै मिहीनेतका साथ फिल्म बनाएकाले सबैको साथ,हौसला र मायाको आशा राखेको बताइन् ।
 

आरआर फिल्मस्ले वितरण गर्ने दार्जिलिङ, सिलुगुढी तथा सिक्किमका रमणिय स्थानमा छायांकन भएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् । आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन्, भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप