५ दलीय गठबन्धनको संयुक्त अपील आउँदै
आइतबार, २७ चैत २०७८, २० : ३३
५ दलीय गठबन्धनले स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने भएको छ । यस्तो अपील सोमबार जारी गर्ने गठबन्धनको तयारी छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले संयुक्त अपील जारी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने शीर्ष नेता समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश र जिल्लाले २०७८ चैत्र मसान्त भित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा निर्णय पठाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण