५ दलीय गठबन्धनको संयुक्त अपील आउँदै
आइतबार, २७ चैत २०७८, २० : ३३

५ दलीय गठबन्धनले स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने भएको छ । यस्तो अपील सोमबार जारी गर्ने गठबन्धनको तयारी छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले संयुक्त अपील जारी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने शीर्ष नेता समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश र जिल्लाले २०७८ चैत्र मसान्त भित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा निर्णय पठाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित