इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ ।
यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका थिए ।
उपमेयरमा पनि ६ जनाको नाम पछि थप भएको छ । यसअघि अम्बिका चौधरी, गायत्री चौधरी, कमला श्रेष्ठ र संगीता चौधरीको नाम थियो । पछि थप भएका नामहरूमा अमला श्रेष्ठ, विष्णु शर्मा ९नेपाल०, अनिता शर्मा, रामचरण चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
बाराक ओबामासँग सम्बन्ध विच्छेदको अफवाहमा के भन्छिन् मिसेल ?
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल