यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह
![यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह](https://rpcdn.ratopati.com/media/albums/balkrishna-khand-1-_9cxcJrkjmn.jpg)
गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे ।
गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाइ थियो । उनले भने,, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अव यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ ।’
गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भिरतापूर्वक लिएको बताए । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताए । उनले ब्रेक फेल भएको गाडी चलाउँदा कयौको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरुलाई संचालन गर्न दिन नमिल्ने बताए । मन्त्री यादवले गाडीहरुको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए ।
मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरु संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
-
मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सीआईबी
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा