सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विराट एक्स्पो सकियो, ४० करोडको कारोबार

आइतबार, २७ चैत २०७८, १९ : ४६
आइतबार, २७ चैत २०७८

कोरोना महामारीपछि विराटनगरमा आयोजना गरिएको ‘विराट ट्रेड एक्स्पो’सफल भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको र २ लाख ५० हजारले अवलोकन गरेको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । 

चैत १८ देखि २७ गतेसम्म संचालन भएको एक्स्पोको आज समापन गरिएको छ । एक्स्पोमा सबैभन्दा बढी  इलोक्टे«निक र अटोमावाइलको सामानहरू बिक्री भएको मेलाका संयोजक विकास बेगवानीले बताए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको थियो । 

त्यस्तै अटोमोबाइलका १० स्टल रहेको थियो । फुडकोर्टका १० स्टल थियो । संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार मनग्ये भएको छ । एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न दैनिकजसो राष्ट्रिय कलाकालहरूबाट मनोञ्जन प्रदान गरेको थियो । 

त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको थियो । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले  आकर्षण थप्यो । सेल्फी जोनमा फोटो खिच्नको भिड लाग्ने गरेको थियो । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको थियो ।
प्रदर्शनीस्थल नबनाएकोमा आक्रोश

समापन कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले विभिन्न व्यक्तिहरूको स्वार्थका कारण विराटनगरमा प्रदर्शनीस्थल बनाउन नसक्ने अवस्थाको सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । विराटनगरले चाहेको जस्तो विकास हुन नसक्नुमा राजनैतिक दल र सरकार नै दोषी भएको उनले बताए । विराटनगर आजभन्दा करिब ३० वर्ष पहिला कै अवस्थामा रहेकोले  विकासमा कुनै गति नलिएकोमा उनको भनाई थियो । ‘विराटनगर काठमाडौँ पछिको दोस्रो तहको विराटनगरलाई छैटौँ नम्बरमा पु¥याउने को जिम्मेवार हो,’ रिजालले प्रश्न गरे, राजनीति दल र ब्युरोक्रेसी नै हो भन्ने हाम्रो बुझाइ छ ।

आर्थिक तरललताको मारमा व्यवसायी परेको गुनासो गर्दे उनले तरलता अभाव, एलसी खोल्न नपाएकोले व्यवसायी आक्रान्त भएको बताए । आर्थिक अवस्थालाई सहज समाधानका लागि व्यवसायीसँग निरन्तर छलफल गर्न र योजना कार्यान्वयनमा लाग्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप