मिथिला नगरपालिकाको मेयरमा पुनः हरिनारायण महतो उम्मेदवार
शनिबार, २६ चैत २०७८, २१ : ३४
एमालेले धनुषाको मिथिला नगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हरिनारायण महतोलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो ।
आइतबार एमाले मिथिला नगर कमिटी बैठकबाट वर्तमान मेयर रहेका महतोलाई पुनः मेयर पदका लागि दोहोर्याउने निर्णय सर्वसम्मतरुपमा गरिएको हो ।
यसअघि महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माको नाम जिल्ला कमिटीलाई सिफारिस भएकामा अन्य तीनैजना मेयर पदका आकांक्षीले हरिनाराणलाई नै समर्थन गरेका हुन् ।
०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण