मिथिला नगरपालिकाको मेयरमा पुनः हरिनारायण महतो उम्मेदवार
शनिबार, २६ चैत २०७८, २१ : ३४

एमालेले धनुषाको मिथिला नगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हरिनारायण महतोलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो ।
आइतबार एमाले मिथिला नगर कमिटी बैठकबाट वर्तमान मेयर रहेका महतोलाई पुनः मेयर पदका लागि दोहोर्याउने निर्णय सर्वसम्मतरुपमा गरिएको हो ।
यसअघि महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माको नाम जिल्ला कमिटीलाई सिफारिस भएकामा अन्य तीनैजना मेयर पदका आकांक्षीले हरिनाराणलाई नै समर्थन गरेका हुन् ।
०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो
-
पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ