आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडाको मेयर पदका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

आइतबार, २७ चैत २०७८, १९ : ३५
आइतबार, २७ चैत २०७८

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ९ जनाको नाम जिल्ला कमिटीका सिफारिस गरको छ । आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आइतबार बसेको बैठकले मेयर पदमा नौ जनाको नाम सिफरिस गरेको हो ।

मेयर पदमा एकल उम्मेदवार छान्न बसेको उपमहानगरपालिका कमिटीको बैठकले एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि मेयरमा ९ जनाको नाम सिफारिस गरेको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बहालवाला मेयर हरिबहादुर महत, बहालवाला जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला सचिवालय सदस्य मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले हेटौंडाको उपमेयर पदका लागि ७ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाल रहेका छन् ।

सर्वसम्मत उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ भने केन्द्रले उम्मेदवारको विषय टुङ्ग्याउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप