शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने

आइतबार, २७ चैत २०७८, १९ : २६
आइतबार, २७ चैत २०७८

नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् । 

उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप