जुम्लामा गठबन्धन गर्ने सहमति

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले माथिको निर्णय र निर्देशनअनुसार जुम्लामा तालमेल गर्ने बताउँदै आएका छन् । नेपाली काँग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा आइतबार बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने केन्द्रीय निर्णय अनुसार जुटेका हुन् ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । ‘अलोकतान्त्रिक शासनशैलीबाट उत्पन्न भइराखेको जटिल अवस्थालाई केन्द्रीय गठबन्धन दलको एकताले सुशासन सुरुवात गरेको, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि गठबन्धन आजको थप आवश्यकता हो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
केन्द्रको निर्देशन अनुसार जुम्लामा पालिका र वडा तहसम्म तीन दलबीच गठबन्धन गरेर जाने निर्णय भएको नेताहरूले बताएका छन् ।
कांग्रेस जिल्ला सचिव अर्जुनसिंह कठायतले चरणबद्ध छलफल हुने बताए । उनले भने, 'अहिले पनि गाउँपालिका र वडा तहमा उम्मेदवार टुंगो लाग्न सकेको छैन । अझै थप छलफल र बहस हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै