शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन शुरु

आइतबार, २७ चैत २०७८, १९ : ०३
आइतबार, २७ चैत २०७८

स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु भएको छ । चैत्र २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा  विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानु पर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरूको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताए । उनले  नेपाल सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको  क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताए ।

सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान अनुसन्धानका लागि मात्रै नभइ जनताको आवश्यक्ता परिपूर्ति गर्ने किसिमका हुन आवश्यक भएको बताए । उनले अनुसन्धान कर्ताहरूले गरेको उत्पादनले राज्य समृद्ध बनाउन सहयोग पुग्ने बताए । सदस्यसचिव ज्ञवालीले राज्यलाई सही रुपमा चाँडै परिवर्तन गर्नको लागि अनुसन्धानमा लगानी गरेर जनताको आवश्यकताका कुरा उत्पादित गरी खर्च जोगाउन सकिने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप