लुना रेस्टुरेन्ट एण्ड बारको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् । लुना रेस्टुरेन्ट एण्ड बारले स्थापनाको दुई वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रेस्टुरेन्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रमको आयोजना गरेको रेस्टुरेन्टका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए । रेस्टुरेन्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिने बताए ।
रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज