बालुवाटारमा निर्वाचन तयारी समितिको बैठक
आइतबार, २७ चैत २०७८, ०६ : ००

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको समितिको संयोजक काँग्रेस नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जिवी पौडेलले जानकारी दिए ।
बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने नेताहरुले बताएका छन् । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताइएको छ । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थिति बारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।
२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार